मनकारी प्रधानध्यापक: सबै विद्यार्थीलाई २ लाख ५० हजार बराबरको जाडोको पोशाक वितरण
२ सय ५० विद्यार्थीले पाए टिसर्ट सहित जाडोका लागि ट्रयाक शुट
तुलसी सिटौला,तेह्रथुम आठराई
तेह्रथुमको आठराई गाउँपालिका वडा नं १ सक्रान्ति बजार डाँडागाउँ स्थित श्री कृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक तेज बहादुर फोम्बो (अरुण) र सोही विद्यालयमा कार्यारत उहाँकी श्रीमती झुमा देवी चोङवाङ फोम्बोले विद्यालयमा भएका सबै विद्यार्थीहरुलाई जाडोको कपडा वितरण गर्नु भएको छ। फोम्बो दम्पतीले कक्षा १ देखि १२ सम्मका २५० जना विद्यार्थीहरुलाई २ लाख ५० हजार बराबरको टिसर्ट सहितको ट्रयाक सुट वितरण गर्नु भएको हो।
चिसो मौसम रहेको र विद्यार्थीहरुको आवस्यकतालाई मध्यनजर गर्दै जाडोको पोशाकका लागि दाताहरु खोज्ने प्रयास समेत गरेको तर सबै विद्यार्थीलाई वितरण गर्ने गरी नभेटिएको हुनाले प्रधानाध्यापक र उहाँकी श्रीमती मिलेर वितरण गरेको मनकारी प्र. अ. अरुणले बताउँनु भयो।
आइतवार विद्यालयमा एक कार्यक्रम गरी विद्यार्थीलाई पोशाक वितरण गरीएको थियो । वि. व्य.स. अध्यक्ष धन बहादुर माबोको अध्यक्षता,वडा नं १ का वडाध्यक्ष प्रेमराज फोम्बोको प्रमूख आतिथ्यता ,आठराई गाउँपालिका शिक्षा शाखा प्रमूख विष्णु प्रसाद खनालको विशेष आतिथ्यता र अभिभावकहरु साथै विद्यार्थीहरुको उलेख्य उपस्थिमा पोशाक वितरण कार्यक्रम सम्पन्न भएको थियो।
प्रतिकृया दिनुहोस